एमाले र माओवादीका केहि नेताको उक्साहटमा साधारसभा विथोल्न वेतनाको गेटमा ताला लगाइएको उपभोक्ताको आरोप

बेलबारी ।
मोरङको बेलबारीमा अवस्थित वेतना सामुदायिक बनकोे गेटमा वेतना सिमसार सामुदायिक बन तथा सिचाई उपभोक्ता संघर्ष समितिले ताला लगाएको छ । आइतबार दिउसो १२ बजे विभिन्न तीन सुत्रीय माग राख्दै उपभोक्ताको समुहले सिमसारको गेटमा ताला लगाएका हुन ।

स्थानीय उपभोक्ताहरुको चाहाना र भावना अनुसार समिति गठन हुनुपर्ने, सामुदायिक वनको निती र विधि अनुसार विधान संसोधन गरी साधारणसभा गर्नुपर्ने र ४ नं वडा वाहेक अन्य वडामा वाँडिएका परिषद सदस्य खारेज गर्ने लगायतका माग राख्दै संघर्ष समितिले अनिस्चितकालका लागि गेटमा ताला लगाएको संघर्ष समितिका संयोजक मनि लिम्बुले जानकारी दिएका छन ।
सिमसारका कोषाध्यक्ष कमल कोइरालाले संघर्षको नाममा आधिकारिक रुपमा सिमसार समिति, बन र स्थानीय पालिकालाई कुनै जानकारी नै नदिई ताला लगाएको भन्ने आफुले पनि जानकारी पाएको, गत असोजमा पर्शुराम सुवेदीको संयोजकत्वमा ५ सदसिय बिधान संसोधन समितिनै बनाइसकिएको, उक्त समितिले काम अगाडि बढाइरहेको अवस्थामा संघर्ष समितिकै संयोजक विधान समितिको सदस्य रहेकोले उहाँकै नेतृत्वमा गेटमा ताल्चा लगाउनु गैर कानुनी, गैरराजनितिक रहेको बताए ।

ताल्चाको बिषयलाई लिएर बेलबारीमा अवस्थित केही राजनैतिक दलहरुले पनि आफ्नो धारणा प्रस्तुत गर्न थालेका छन । नेपाली काँग्रेसका केही नेताहरुले सिमसारमा ताला लगाउनु गैरकानुनी र अराजकता शैली रहेको बताएका छन । संघर्ष समितिको माग हेर्दा उहाँहरुको माग सम्बोध गर्नै कठिन हुने देखिएको छ । सिमसार बेलबारीको ३ वटा वडामा अवस्थित रहेको र कुनै एउटा वार्डलाई मात्रै दिनु कानुन सम्मत रहदैन, बिधानतः यो ११ वटै वडामा यसका उपभोक्ता रहेकोले एउटा मात्रै वडालाई परिषद सदस्य दिएर अरु वडाका उपभोक्ता र परिषद सदस्यहरुमा बन्चित गर्ने माग राख्नु अन्य वडाहरुलाई अपमान गरेको स्थानीय नेताहरुले बताउने गरेका छन ।

यता बेलबारी वडा नं १ र ३ का उपभोक्ताहरु पनि कडा रुपमा संघर्ष समितिको बिरुद्धमा उत्रिने भएका छन । वडा नं १ र ३ का उपभोक्ताहरुले सिमसारको ७० प्रतिशत भुभाग आफ्नो वडामा पर्ने भएकोले ४ नं वडाले २५ प्रतिशत भाग मात्रै पाउनुपर्ने अन्यथा आफुहरुपनि कडा संघर्षमा उत्रने बताउन थालेका छन । सिमसारको सबभन्दा ठुलो मुहाननै वडा नं १ मा र अधिकांश बनभोज स्थलहरु पनि वडा नं १ मा पर्ने भएकोले वडानं ४ को माग हावादारी र बिधानसम्मत नरहेको वडा नं १ र ३ का उपभोक्ताहरुको भनाई छ ।

सामुदायिक बनलाई साधारणसभाबाट बन्देज गराउने उद्देश्यले संघर्ष समितिको नाममा साधारणसभा भाँड्न खोजेको स्थानीय उपभोक्ताहरु बताउछन । गत चैतमै संरक्षण समितिले सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेस मिश्रको अध्यक्षतामा ३२ सदसीय परिषद छनोट समिति बनाएको थियो । सो समितिले असोजमा ५ सदसीय विधान मस्यौदा समिति पनि बनाएर काम अगाडी बडाइरहेको छ । मिश्रकै समितिले पौष ९ गते ११ वटै वाडाबाट परिषद सदस्य ल्याउनका लागि प्रत्तेक वाडामा निर्वाचन समिति बनाएको वेतना सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेतले बताए ।

४ नं वडालाई अरु वाडा भन्दा चार गुणा बढीनै परिषद सदस्य बिधानमै ब्यवस्था गरिएको छ ।
स्थानीय उपभोक्ताले भने केहि जनप्रतिनिधि, नेकपा माओवादी र नेकपा एमालेका केहि स्थानीय नेताहरुको उक्साहटमा संघर्ष समितिले सिमसारमा ताला लगाइएको आरोप लगाएका छन ।
वेतना सिमसार पर्यटकहरुको रोजाइमा पर्ने पुर्वकै एक रमणीय स्थल हो । संघर्ष समितीको यो कार्यले सिमसार घुम्न आएका पर्यटकहरुमा सिमसारको गलत सन्देश जाने देखिएको छ । सम्बन्धित पक्षले यो बिषयमा चाँडो भन्दा चाँडो सहमति गरी स्थानीय पर्यटनको बाटो खलाइदिनु पर्ने हुन्छ । तालाबन्दी गर्नु भन्दा पनि वार्ताको माध्यमबाट सहमति गर्नु उपयुक्त हुने देखिन्छ ।