ए डिभिजन लिगमा मनाङले पुलिसलाई ३–१ ले हरायो

मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो पाँचौं खेलमा शनिबार नेपाल पुलिस क्लबलाई ३–१ ले हराएको छ । यस जितसँगै मनाङको एएफसी कप छनोट खेल्ने सम्भवना बलियो बनेको छ ।

पोखरा रंगशालामा भएको खेलमा अन्जन विष्टले २ गोल गरेपछि मनाङले पुलिसलाई हराएको हो । मनाङको जितमा अर्को गोल निशाल लिम्बुले गरेका थिए । पुलिसका लागि एक मात्र गोल पेनाल्टीमा सुमन लामाले फर्काएका थिए ।

छैटौं चरणमा मच्छिन्द्रसँग खेल्नुअघि मनाङ (१३ अंक) ले दुई अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११ र तेस्रो स्थानको आर्मीको ९ अंक छ ।