ईलाममा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

ईलाम ।

ईलामको माईजोगमाई गाँउपालिका-४ गैरीगाउँमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५४ बर्षिय पुर्ण बहादुर घले रहेका छन् ।

सोमबार बेलुका सवाँ ६ बजे पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरमा सवार रहेका घले लडेर डालाले किच्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटना पश्चात फरार रहेका चालक ताप्लेजुङ याङबरक गाँउपालिका-१ का २० बर्षिय टेकिन्द्र शिवा दर्जीलाई खोजतलासको क्रममा मंगलबार बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।