ए डिभिजन लिग : फ्रेन्ड्सलाई हराउदै मनाङ शिर्ष स्थानमा

उपाधि दावेदार मनाङ मर्स्याङ्दी क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्दै मनाङ शीर्षस्थानमा उक्लन सफल भएको हो ।
फ्रेन्ड्सविरुद्ध आक्रामक खेल पस्किएको मनाङले दुवै हाफमा एक–एक गोल ग¥यो । मनाङलाई जिताउन आफिज ओलावाले र दिनेश राजवंशीले एक–एक गोल गरे । आफिजले खेलको ४१ औँ मिनेटमा र दिनेशले ७३ औँ मिनेटमा गोल गरे ।
यो जितसँगै मनाङले चार खेलमा १० अङ्क जोडेको छ । प्रतियोगितामा मनाङको यो तेस्रो जित हो । फ्रेन्ड्स चार खेलमा दुई अङ्क जोडेर बाह्रौँ स्थानमा रहेको छ । फ्रेन्ड्सको यो दोस्रो हार हो ।