इन्सेकको वार्षिक समिक्षा सम्पन्न, एक वर्षमा ३५ बहुविवाह

इनरुवा ।
सुनसरी सदरमुकाम इनरुवामा नेपाल मानवअधिकार वर्षपुस्तक– २०२२ को पूर्व वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार र सामाजिक न्यायको निम्ति कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १ नम्वर प्रदेश कार्यालय विराटनगरको सहयोग, इन्सेक सुनसरीको आयोजना तथा गैरसरकारी संस्था महासंघ मेघराज न्यौपानेको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आथित्यमा समिक्षा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिती रहेको थियो । सम्पन्न कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेदन अनुसार सशस्त्र द्धन्द्ध, जनआन्दोलन र त्यसयता विभिन्न आन्दोलतनबाट प्राप्त उपलब्धीहरुको संस्थागत हुन नसेकको कारणले नागरिकमा पूर्ण मानव अधिकारको अनुभुती गर्न नपाएको अवस्था रहेको छ । देशमा आएको परिवर्तनले नागरिकलाई जसरी अनुभुती दिलाउनुपर्ने थियो त्यसरी दिन सकेको छैन् प्रतिवेदनमा भनिएको छ । शिक्षा, स्वास्थ्य, खाध्य, अवास र सूचनाको हकको पनि उपभोग सहज गर्न नपाएको अवस्था प्रतिवेदनले औल्याएको छ । प्रस्तुत विवरणमा प्रत्येक घटनाको मिति, पीडितको नाम, पीडकको नाम, उमेर, घटनाको प्रकृति, कार्वाही, उपचार , हनन, उल्घंन तथा अपराध र मानव अधिकारको विषय इन्सेक बाहेक अति गोप्य रहने भएकाले सूचना चुहावट नहुने जानकारी गराएको छ ।

इन्सेक प्रतिनिधि जयकृष्ण यादवले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार जनवरी १ देखी डिसेम्बर ८ सम्मा जिल्लामा दुई वटा हत्या, ८० वटा बलात्कार, २६ वटा बलात्कार प्रयास, ३५ वटा बहुविवाह, एक वटा बोक्सीको आरोप, एसिड आक्रमण एक वटा, मानवबेचविखन ५ वटा, १४ वटा बाल यौन दुरुपयोग र चार जना पत्रकारलाई धम्मी आएको उल्लेख गरिएको छ । यसैबीच कार्यक्रममा मानव अधिकार समूहका कोशी सदस्य राजकुमार शर्मा, मानव अधिकार समूह भोक्राहा नरसिंहका निवर्तमान अध्यक्ष शोभा मेहता, सदस्य नुनुलाल साहलाई सम्मान गरिएको छ ।
गाउँमा बसेर मानव अधिकारको क्षेत्रमा योगादन गरेको भन्दै सम्मान गरेको इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले जानकारी दिनुभयो । तीनै जनालाई कार्यक्रमका प्रमुख अथिति सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कदर पत्र र दोसल्लाले सम्मान गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष खेमराज पोखरेलले मानव अधिकार वर्ष पुस्तकमा सुधार गर्दै अपराधको घटनालाई घटाउदै लानुपर्ने सुझाव दिनुभयो । नेपाली काग्रेंसका युवा नेता धिरज भट्टराईले बैदेशिक रोजगार र श्रमको नाममा ठगीमा पर्नेहरुको सवाल समेत नेपाल मानवअधिकार वर्षपुस्तकमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।
इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना र्गौतम पोखरेलले मदर्शामा महिला तथा छोरीलाई शिक्षा अझै राम्रोसंग दिन नसकेको र बन्धनमा बसेको जस्तो गुनासो आएकाले त्यसमा पनि नेपाल मानवअधिकार वर्षपुस्तकले ध्यान दिनुपर्ने बताउनुभयो ।