ब्राउनसुगर सहित महिला पक्राउ

झापा ।
झापा मेचीनगर नगरपालिका ६ मेची पुल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई ३ की २४ बर्षीया सरिता वि.क. रहेकी छिन् ।
सोमबार दिँउसो साढे ३ बजे लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा वि.क.ले आफ्नी ८ बर्षीया छोरीको साथमा लुकाईछिपाई ल्याएको ब्राउनसुगर २ ग्राम फेला पारे पश्चात उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी वि.क.को ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।