बिराटनगरबाट लागुऔषध सहित २ पक्राउ

मोरङ ।
मोरङ बिराटनगर महानगरपालिका १३ नहरबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगर पालिका १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् ।
शनिबार बेलुकी ५ बजे जतुवाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।