मोरङ ।
मोरङको बुढिगंगा गाऊपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार बेलुका ५ बजे उनि हात खुट्टा धुन भनि सोही फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउदा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । करेन्ट लागेर घाइते भएको उनको उपचारको लागी बिराट मेडिकल कलेज गंगाचौक लगिएको थियो ।
घाईते खवासको उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।