फरार प्रतिबादी पक्राउ

विराटनगर ।
लागु–औषध मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका ३ पुरानोबजार ३१ बर्षीय आकाश भन्ने कमल सहनीलाई पक्राउ गरि कारागार चलान गरिएको छ ।

सुनसरी जिल्ला अदालतबाट मिति २०७४ असार ७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १० महिना १५ दिन कैद र रु.१,००,०००।– (एक लाख) जरिवाना भई लगत नं.– ८०२४ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सहनीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरि सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको हो ।