छठ पर्वको तेस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको तेस्रो दिन आज खरना मनाइँदैछ । सूर्यको पूजा गरि मनाइने छठ पर्व अन्तर्गत आज तेस्रो दिन व्रतालुले साँझ घरमा दूध, सक्खर र चामलले बनाइएको खीर अर्घ्य स्वरुप अर्पण गरेर खरना पर्व मनाउँछन् ।

आज दिनभरि नै निराहार उपवास बसेर साँझको समयमा पकाएको खीर भगवानलाई अर्घ्य दिइन्छ । त्यसपछि अर्घ्य स्वरुप चढाएको खीर प्रसादस्वरुप ग्रहण गर्ने चलन रहेको छ ।
छठ पर्व अन्तर्गत मुख्य पूजा भोलि साँझ अस्ताउँदो सूर्यलाई घरमा नियम एवम् निष्ठापूर्वक पकाएको ठकुवा, भुसुवा, मिठाइको परिकार, उखु, सुछनी, केरा लगायतका पूजासामग्री अर्घ्यस्वरुप अर्पण गरिन्छ । जसलाई सन्ध्या अर्घ्य भन्ने गरिन्छ ।

बिहीवार बिहान उदाउँदो सूर्यलाई पुनः बिहानको अर्घ्य दिइ छठ पर्व समापन गरिनेछ ।