तेह्रथुममा अरिङाल झार्ने क्रममा रुखबाट लडेर १ को मृत्यु

तेह्रथुम ।
तेह्रथुम म्यान्छयायेम गाऊपालिका २ पौठाक का ३० बर्षीय नेत्र बहादुर लिम्वुको अरिङाल झार्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ ।
मंगलबार बिहानको राती पौने ३ बजे उनको घर देखि १ किमि पुर्वमा रहेको उतिसको रुखमा अरिङाल झार्ने क्रममा रुखबाट लडेर घटनास्थलमानै मृत्यु भएको हो ।
प्रहरी चौकी मोराहाङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।