झापाबाट ४ जना जुवाडे पक्राउ

झापा ।
झापाबाट ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट ४ जना जुवाडेलाई तास र नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिका का ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् ।
हिजो राती ९ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले जुवा खेलीरहेको अवस्थामा ३ बुङ तास, नगद रु. १ लाख ७३ हजार ५ सय सहित उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जना उपर कानुन बमोजिम कारबाही तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।