मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेस गरेलगत्तै प्रदेश सभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन आइतवार हुने जानकारी दिनुभयो ।
पर्सि दिउँसो १२ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।
शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र छलफल र मतदान गर्ने सहमति भएको थियो ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् ।