नौ सय ३७ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा देशभर नौ सय ३७ जना कोरोनामुक्त भएका छन । यो सँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८२ हजार तीन सय ९३ पुगेको छ ।

थप पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख पाँच हजार पाँच सय ६० जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३ हजार चार सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यही थप नौ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ९३ पुगेको छ ।
अहिले ११ हजार आठ सय ७४ जना सक्रिय सङ्क्रमित रहेका छन ।