कांग्रेस बेलाबारीको सभापति सहितका पदमा शनिबार मतदान हुँदै,सदस्यहरु निर्विरोध


नेपाली कांग्रेस बेलबारीको नगर समिति नेतृत्व चयनका लागि शनिबार विहान मतदान हुने भएको छ । नगर अधिवेसन अन्तर्गत शनिबार विहान ८ बजेबाट बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा मतदान हुन लागेको हो । कांग्रेस बेलबारी नगरसमितिको १ सभापति,२ उपसभापति,२ सचिव र २ सहसचिव पदका लागि निर्वाचन हुन लागेको हो । खुला तथा कोटा तर्फका समेत गरी ५७ जना नगरसदस्यहरु भने निर्विरोध भएका छन् ।
सभापति पदका लागि छत्र लिम्बु र सम्भु भट्टराई चुनावी मैदानमा रहेका छन् । यस्तै २ जना उपसभापति पदका लागि उपेन्द्र सुवेदी,नितु थापा कोइराला,सामेल याख्खा र प्रकास कुमार चौधरी चुनावी मैदानमा रहेका छन् । त्यस्तै २ सचिव पदका लागि कुलप्रसाद बराल, ज्ञानुराज राई,जनक पोखरेल र सन्तोस भट्टराई चुनावी मैदानमा छन भने २ सहसचिव पदका लागि विशाल ढकाल,बेदराज दाहाल,मनिल मोते र वद्रि विष्ट चुनावी मैदानमा रहेका निर्वाचन समितिले जानकारी दिएको छ ।
शुक्रबार भएको मनोनयन दर्ताका क्रममा खुल्ला तर्फका ३३ सदस्य,खसआर्य तर्पmका ७,आदिवासी जनजाति तर्फबाट १०,थारु २,दलित २,मस्लिम १ र अपाङ्गता तर्फका १ सदस्यहरु भने निर्विरोध भएका हुन् । शनिबार विहान ८ बजेबाट दिउँसो २ बजेसम्म मतदान हुने प्रमुख मतदान अधिकृत चन्द्र भण्डारीले जानकारी दिए । २ सय ३७ जना क्षेत्रिय प्रतिनिधिले मतदान गर्नेछन् ।