ईपीएलमा विराटनगर चितवनसँग २ विकेटले पराजित

चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सलाइ पराजित गरेको छ । आइतबार चितवनले विराटनगरलाई २ विकेटले पराजित गरेको हो ।
जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।
विराटनगरले सोमबार काठमाडौं किंग्स इलेभेनसँग खेल्ने छ । सोमबार चितवनले भैरहवा ग्ल्याडियटर्ससँग खेल्ने छ ।