महिला एसियन कप खेल्नबाट नेपाल वञ्चित

एएफसी महिला एसियन कप–२०२२ छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । जित्नैपर्ने दबाबमा रहेको नेपालले मंगलबार हङकङसँग बराबरी खेलेपछि समुह चरणबाटै बाहिरिएको हो ।

उज्वेकिस्तानको जेएआर मैदानमा नेपालले केही मौका पाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको हो ।
एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग दुई–एकले हारेको थियो ।
आज हङकङसँग बराबरी खेलेपछि नेपाल आउँदो वर्ष भारतमा हुने एसियन कप खेल्नबाट वञ्चित भएको छ ।