सुनसरीमा हात्तीको आक्रमणमा परि महिलाको मृत्यु

सुनसरी ।
सुनसरीमा हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

सोमबार दिउसो रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा बन्यजन्तु आरक्षणबाट निस्केको हात्तीले उनलाई शरिरको बिभिन्न भागमा कुल्चिएर घाईते बनाएकोे थियो ।
घाईते खत्वेलाई स्थानियले घर तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।