धरानमा तिहारपछि मात्रै विद्यालय खुल्ने

सुनसरी ।
सुनसरीको धरानमा तिहारपछि मात्रै विद्यालय खुल्ने भएका छन । धरान उपमहानगरपालिकाले तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्ने निर्णय गरेको छ ।

स्थानीय तहमा कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार नभएकोले वैकल्पिक सिकाइलाई नै जोड दिने र तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए ।
बीचमा संक्रमण कम भएको अवस्थामा दशैंपछिको बैठकले पुर्नविचार गर्न सक्नेछ ।