२४ घण्टामा नेपालमा एक हजार ९५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९५ जनामा कोरोना पुष्टि भएको छ । १३ हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा एक हजार ९५ जनामा सक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

परिक्षण गरिएका मध्ये सात दशमलव ९२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७४ हजार ६ सय २९ पुगेको छ ।
दुई हजार नौ सय ५७ जना निको भएका छन । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५२ हजार एक सय ७० पुगेको छ ।
यस्तै यही अवधिमा थप आठ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४८ पुगेको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि २२ हजार तीन सय जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये तीन सय ७१ जनाको आईसीयू र एक सय आठ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।