प्रदेश १ का १० साँसदले नेकपा एकीकृत समाजवादीको पक्षमा गराएको सनाखतलाई मान्यता

नेकपा एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएको छ । प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएको हो । आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई दल त्याग गरेको नमानिने भएको हो ।

आयोगका अनुसार प्रदेश १ प्रदेशसभा सदस्यहरु राजन राई, खिनु लङ्वा (लिम्बू), पदम कुमारी गुरुङ, गणेश बहादुर कामवाङ, सुनिताकुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्र प्रसाद घिमिरे र राजेन्द्रकुमार राई अब नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा कायम रहने भएका हुन् ।