गाँजा सहित बिराटनगरबाट एक पक्राउ

मोरङ ।
मोरङ बिराटनगरबाट प्रहरीले ५ केजी लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । धनकुटा सहिद भुमि गाऊपालिका ७ का २४ बर्षीय सागर राईलाई प्रहरीले बिराटनगर महानगरपालिका ४ कन्चनबारीबाट पक्राउ गरेको हो ।

सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले राईलाई गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।