सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा कानेपोखरीका रितिकको मृत्यु

सुनसरी ।
सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा मोरङको कानेपोखरीका एक ब्यक्तिकोे मृत्यु भएको छ । रामधुनी ६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा मोरङ कानेपोखरी गाऊपालिका ६ का १८ बर्षीय रितिक राइको मृत्यु भएको हो ।

पछाडी सवार २१ बर्षीय निरज राई घाईते भएका छन् । राती १२ बजे उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाईते भई उपचारको लागी घोपा धरानमा पठाईएको थियो । उपचारको क्रममा रितिकको आज बिहान ३ बजे मृत्यु भएको छ । अर्का घाईते निरजलाई थप उपचारको लागी बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको छ ।
दुर्घटना भएको मोटरसाईकल ईलाका प्रहरी कार्यालय पकलीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।