संखुवासभामा जेसिभि दुर्घटना हुँदा एक जनाको मृत्यु

संखुवासभा ।
संखुवासभामा जेसिभि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकालु गाऊपालिका ३ समटार स्थित निर्माणाधिन खाँदवारी–किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको जेसिभि दुर्घटना हुँदा खाँदवारी नगरपालिका ६ माथिल्लो पाङ्ठा का २४ बर्षीय श्याम बि.क. को मृत्यु भएको हो ।
बिहिबार दिउसो २ बजे बि.क.ले चलाएको ज.१क.४१२ नम्बरको जेसिभि काम गर्ने क्रममा पल्टेर १०० मिटर तल झरी दुर्घटना हुँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रका हेदाङनाले जनाएको छ ।