मेसीले गरे पेलेको कीर्तिमान भंग

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान लिओनल मेसीले पेलेको कीर्तिमान भंग गरेका छन । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकन छनोटमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गर्दा ह्याट्रिक गरेसँगै मेसीले राष्ट्रिय टिममा गोल संख्या ७९ पु¥याएका छन् । जससँगै मेसीले दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान भंग गरेका हुन । ब्राजिलका पेलेले राष्ट्रिय टिमका लागि ७७ गोल गरेका थिए ।

कप्तान लिओनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले पराजित गरेको हो ।
मेसीले खेलको १४ मिनेटमा पहिलो गोल गरे । ६४ मिनेटमा उनले टिमको अग्रता दोब्बर पारे ।
८८ मिनेटमा मेसीले ह्याट्रिक पूरा गर्दा अर्जेन्जिना सहज जिततर्फ लम्किएको थियो ।