इलामका २ स्थानीय प्रमुख सहित ५८ जनप्रतिनिधि एकीकृत समाजवादीमा

इलाम ।
इलाममा ५८ जना जनप्रतिनिधिले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेश २०७८ बमोजिम विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको समय सीमाभित्र इलामबाट ५८ जना एमालेका जनप्रतिनिधिले नयाँ पार्टी रोजेका हुन् ।

इलामको सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, सूर्योदय नगरपालिकाका ९ जना वडाध्यक्ष, माइजोगमाई गाउँपालिकाका एक जना वडाध्यक्षले नेकपा एकीकृत समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई २२ भदौ (मंगलबार) साँझ ५ बजेसम्मको समय दिएको थियो ।