दुई हजार ७२ जना कोरोना सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ७२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ३१ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ३४ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ११ दशमलव १५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५७ हजार आठ सय ९५ पुगेको छ ।
यही अवधिमा थप २१ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय ७९ जना पुगेको छ ।
अहिले नेपालमा तीस हजार तीन सय तीन जना सक्रिय सङ्क्रमित रहेकामा पाँच सय १४ जनाको आईसीयू र एक सय ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।