बेलबारी बोयर काण्ड छानविनबारे नगरका कर्मचारीको खुलासाःमेयरको नियत खराब,केही कर्मचारीलाई कारवाहीको सुझाव


प्रतिवेदन सार्वजनिक कसरी गर्ने भन्ने विषयमा नगरपालिका र छानविन समिति विच विवादका कारण बेलबारी बोयर काण्डको छानविन प्रतिवेदन आइतबार सार्वजनिक हुनसकेन । आइतबार दिउँसो २ बजे बेलबारी नगरपालिकामा प्रतिवेदन सार्वजनिक गर्ने भनिएपनि नगरपालिका र समितिविच प्रतिवेदन पुरै बाचन गरेर सार्वजनिक गर्ने की सारांस मात्रै सार्वजनिक गर्ने भन्ने विषय विवाद भएको थियो ।
छानविन समितिले पुर्ण प्रतिवेदन बाचन गरेर सार्वजनिक गर्नुपर्ने भनेर तयारी गरेपनि नगरपालिकाले भने प्रतिवेदनको सारांस मात्रै सार्वजनिक गर्ने भनेपछि विवाद प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम प्रभावित भएको थियो । २ बजे प्रतिवेदन सार्वजनिक गर्ने भनेर राजनितिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीलाई बोलाइएपनि २ बजेबाट नगरपालिकाले कार्यपालिका बैठक सुरु गरेको थियो । अढाइ घण्टासम्म चलेको कार्यपालिका बैठक पछि मेयर ज्ञानेन्द्र सुवेदीले सोमबार विहान ११ बजे प्रतिवेदन सार्वजनिक गरिने भनेर पत्रकारलाई जानकारी गराएका थिए ।
बोयर काण्डबारे छानविन गर्न गर्न गठित सो प्रतिवेदन सार्वजनिक नगरिएपनि नगरपालिकाका कर्मचारी वृत्तमा भने प्रतिवेदनले तरंग ल्याइदिएको छ । प्रतिवेदन अध्ययन गरिसकेका केही कर्मचारीहरुमा समितिले विभागिय कारवाही समेत गर्न सुझाव दिएको विषयले पनि तरंग ल्याएको हो ।
नगरपालिका कर्मचारी स्रोतका अनुसार बोयर बोकाबाख्रा खरिद प्रकरणमा मेयर सहित नगरपालिका नेतृत्वको नियत गलत देखिएको प्रतिवेदनको निष्कर्ष रहेको छ । मुलुकबाहिरबाट ल्याउन लागिएको बोकापाठीका विषयमा केही व्यक्तिमाथी विश्वास गरियो भन्ने र गुणस्तर मापन जस्ता प्रकृयाहरु पुरा गर्ने लगायतका महत्वपुर्ण कार्यहरु नगर्ने जस्ता कमजोरीहरु र रहस्यमय भुमिकाहरुले गर्दा बोयर बोकाबाख्रा खरिद प्रकरणमा भएका सम्पुर्ण दोष र त्रुटीहरुको सामाजिक,नैतिक र कार्यकारीणी जिम्मेवारी मेयरले लिनुपर्ने प्रतिवेदनको निष्कर्ष रहेको छल नगरपालिका कर्मचारी स्रोतले खुलासा गरेको छ ।
यस्तै प्रतिवेदनमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिपकुमार शाह सहित अधिकृततहका ४ जना कर्मचारीलाई विभागिय कारवाहीका लागि सिफारिस गर्न र केही कर्मचारीलाई सचेत गराउन समेत सुझाव दिइएको प्रतिवेदन हेरीसकेका ति कर्मचारीले जानकारी दिए ।