करेन्ट लागेर पोलबाट खस्दा घाइते भएका एक जनाको मृत्यु

ओखलढुङगामा करेन्ट लागेर पोलबाट खस्दा घाइते भएका एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका ४ का २१ बर्षीय निखिल फुयलको करेन्ट लागी सोलारको पोलबाट लडेर मृत्यु भएको हो ।

मानेभन्ज्याङ गाऊपालिका ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा फुयल सोलारको करेन्ट लागी पोलबाट लडेका थिए । घाईते भएका उनको उपचारको जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पु¥याउन साथ मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।