अवैध सखुवाका काठ सहित बेलबारीबाट २ जना पक्राउ

बेलबारी ।
अवैध काठ सहित बेलबारीबाट २ जना पक्राउ परेका छन । बोलेरोमा अन्दाजी ३८.५ क्यू.फिट अवैध सखुवाका काठ लोड गरि ल्याएको अवस्थामा बेलबारी नगरपालिका वडा नं.–३ बाट बेलबारी नगरपालिका वडा नं.३ बस्ने बर्ष ३८ को दल बहादुर तामाङ र केरावारी गाउँपालिका वडा नं.–८ बस्ने बर्ष ४० को जित बहादुर तामाङलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार दिउसो ३ बजेतिर बा.२१ च.१८२९ नम्बको सेतो बोलेरो पिकमा अन्दाजी ३८.५ क्यू.फिट अवैध सखुवाको काठ लोड गरि ल्याई रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठ सहित पक्राउ परेका उनिहरुलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सलकपुर मोरङमा बुझाईएको प्रहरीले जनाएको छ ।