पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दुई हजार चार सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार तीन सय ७४ जनामो नमुना परीक्षण गर्दा दुई हजार चार सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १६ दशमलव ९२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ३६ हजार आठ सय ८३ पुगेको छ ।
यस्तै २४ घण्टामा एक हजार नौ सय २९ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या सात लाख पाँच हजार आठ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा सङ्क्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय ३८ पुगेको छ ।
अहिले नेपालमा ३८ हजार तीन सय ८४ जना सक्रिय सङ्क्रमित रहेकामा ६ सय २० जनाको आईसीयू र एक सय ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।