ब्राउन सुगरसहित ३ जना पक्राउ

सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन । लहान नगरपालिका–५ बाट उनीहरुलाई ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा लहान वडा नम्वर २४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, वडा नम्वर ५ निवासी ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दीपेन्द्र यादव रहेको सिरहा प्रहरीका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले तीनै जनालाई लागूऔषधसहित पक्राउ गरेको उनले बताए । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ ।