कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा

सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै गाईजात्रा दिन काठमाण्डौ उपत्यकामा मात्र सार्वजनिक बिदा दिइँदै आएकोमा देशभरका नेवार समुदायलाई बिदा दिने सरकारले निर्णय गरेको छ ।
भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।