बेलबारीमा धार्मिक वनको रुख काट्न वन कार्यालय र सामुदायिक वनको मिलेमतो रहेको आसंका


बेलबारी स्थित धार्मिक वन क्षेत्रको रुख अवैध रुपमा काटिएको पुष्टि भएपनि त्यसविरुद्ध कारवाही नहुनुले मिलेमतो देखिएको छ । बेलबारी–११, लक्ष्मीमार्गस्थित किराँत धार्मिक वन क्षेत्रका विभिन्न जातका १४ वटा रुख लक्ष्मि सामुदायिक वन उपभोक्ता समूहले अवैध रुपमा काटेको किराँत धर्म संरक्षण समितिले दावी गरेको छ । १४ वटा रुख काट्दा कम्तीमा पनि ७ सय क्युफिट भन्दा माथी काठ निस्कन सक्छ । लक्ष्मी सामुदायिक वनले ती रुखहरु कटाएर स्थानिय एक काठ मिलमा चिरानका लागि लगिएको थियो । बेलबारी ११ स्थित किराँत धर्म संरक्षण समितिले प्रमाण दिदा पनि वन कार्यालयले लक्ष्मी सामुदायिक वन समुहलाई समूहलाई कारबाही नगरेको भनेर आक्रोस व्यक्त गरेको छ भने सप्रमाण यस विषयमा जानकारी गराउँदा पनि कारवाही नहुनुले मिलेमतो स्पष्ट देखिएको समितिको दावी छ ।
लक्ष्मीमार्ग स्थित किराँत धर्म संरक्षण समिति डाँगिहाटले संरक्षण गर्दै आएको वन भित्रको ९ वटा टिक, ३ वटा मसला, २ वटा सिसौ गरी १४ वटा रुख अबैध रुपमा कटान भएको थियो । कुनै प्रकृया पुरा नगरी गैरकानूनी रुपमा रुख कटान हुँदै गर्दा गएको साउन ४ गते किरात धार्मिक वनका पदाकारीहरु भेला भएका थिए । ट्याक्टर समेत वन भित्रै लगेर छ जनाको समुहले रुख काट्दै गर्दा किरात धार्मिक माङहिम अर्थात किराँत मन्दिरमा कार्यरत पुजारी लगायतका पदाधिकारीहरुले फेला पारेका थिए । रुख काटिरहेका व्यक्तिहरुसँग सोधखोज गर्दा लक्ष्मी सामुदायिक वन समूहका अध्यक्ष सुजय गौतमको आदेस अनुसार रुख काटेको ती व्यक्तिहरुले बताएको माङहिमका पुजारी शेरमान लिम्बूले बताए । पुर्ण रुपमा अवैध ढंगले रुख काटिएको लिम्बुको भनाई छ ।
लक्ष्मी सामुदायिक वनका अध्यक्ष सुजय गौतमले रुख काट्न लगाएको भन्ने जानकारी पाएपछि लक्ष्मी वनकै कार्यालयमा भेटेर यसबारे बुझ्दा प्रकृया मिलाएर रुख ढालेको, त्यसबाट खाट बनाएर उपभोक्तालाई वितरण गरेको जानकारी दिएको किरात धार्मिक वनका उपाध्यक्ष प्रेमकुमार राईले बताए । गौतमले प्रकृया मिलाएरै रुख काटेको बताएपछि समितिका पदाधीकारीहरु सवडिभीजन वन कार्यालयमा गएर त्यहाँका प्रमुख दिपेश मिश्रसँग प्रश्न गरेका थिए । धार्मिक वनको रुख लक्ष्मी सामुदायिक वनलाई काट्ने आदेश कसरी दिइयो भन्ने प्रश्न गर्दा मिश्रले भने रुख कटानको आदेश नदिएको बताएको सचिव दीपक राईले जानकारी दिए ।
गैरकानूनी रुपमा रुख ढाल्ने सुजय गौतम र उनले पठाएको ट्याक्टर पक्राउ गरी कारबाही गर्न अनुरोध गर्दै गत साउन १९ गते समितिका पदाधीकारीले निवेदन समेत दिएका थिए । अबैध रुपमा रुख काट्न मानिस पठाएर गैह्रकानुनी काम गर्ने सुजय गौतम लगायतका ब्यक्तिहरुलाई कारबाही गर्न लिखित रुपमा निबेदन दिएको हप्ता पुग्न लाग्दा पनि बेलबारी वन कार्यालयको प्रमुख दिपेस मिश्रले हालसम्म पक्राउ नगरको भन्दै किरात धर्म संरक्षण समितिले सुक्रबार बिज्ञप्ति प्रकाशन गरी घट्नाबारे सार्वजनिक गरेको थियो ।
किरात धार्मिक वन भित्र अबैध रुपमा रुख ढाल्दै गरेका छ जना मजदुरहरु र त्यहाँ लगिएको को २ त ६७४८ नम्बरको ट्याक्टर सहितको भिडियो, फोटोहरु किरात धार्मिक वनका पदाधिकारीहरुले खिचेका छन् । लक्ष्मी सासुदायिक वन समूहका अध्यक्ष सुजय गौतमले भने शव जलाउन र उपभोक्ताहरुका लागि खाट निर्माण गर्न सुकेका रुख ढालेको स्वीकार गर्दै गलत नियतले काम नगरिएको बताए । आफू चार महिना अघि निर्वाचित भएर आएपछि किरात धर्म संरक्षण समितिलाई सम्पर्क गर्दा कहिले नआएको उपभोक्ताको हितमा काम गर्दा प्रतिशोतमा उत्रिएको उनको तर्क छ ।
यतासब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेस मिश्रले भने अनुन्धान प्रकृया अघि बढेको बताए । डिभिजन वन कार्यालय मोरङले रेन्जर राजेन्द्र घिमिरेलाई अनुसन्धान अधिकृत तोकेर लक्ष्मी सामुदायिक वन समूलाई बयान लिने काम भइरहेको उनले बताए ।
काटिएको रुखको तथ्यांकबारेमा सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेस मिश्र र लक्ष्मी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुजय गौतिमबीचको कुरा पनि फरक फरक आएको छ । त्यहाँ ढालिएको रुखको काठहरु ७० क्युफिट जति वन कार्यालयले जफत गरेको बताए पनि अध्यक्ष गौतमले भने काठ आफूहरुसँगै घाटगद्दीमा रहेको बताए ।
रुख काट्ने मानिहरुलाई तत्काल पक्राउ गरेर कानूनी कारबाही नगरे त्यस विरुद्ध उत्रिन बाध्य हुने किराँत धर्म संरक्षण समितिले चेतावनी दिएको छ । यता लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुजय गौतमले भने वनको जग्गा अतिक्रमण गर्नेहरु विरुद्ध कारबाहीमा जानु पर्ने अवस्था आएको बताएका भन् ।