सप्तरीमा पोखरीमा डुवेर एक युवकको मृत्यु

सप्तरी । सप्तरीमा पोखरीमा डुवेर एक युवकको मृत्यु भएको छ । बिहीबार साँझ पोखरीमा नुहाउन गएका बोदेबर्साइन नगरपालिका–२ जोगिया बस्ने १८ बर्षीय इन्द्रनारायण चौधरीको डुबेर मृत्यु भएको हो ।
स्थानीय तेजनारायण चौधरीको पोखरीमा नुहाउन गएका उनको डुबेर मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।