थप तीन हजार दुई सय ६० जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार दुई सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार आठ सय ६ जनाको पीसीआर र चार हजार ६ सय ५६ जनाको एन्टिजेन गरी १५ हजार चार सय ६२ नमुना परीक्षण गर्दा तीन हजार दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९८ हजार ६ सय ५१ पुगेको छ ।
यस्तै थप दुई हजार दुई सय ९४ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७७ हजार तीन सय ७७ जना पुगेको छ ।
यस्तै यही अवधिमा थप ३२ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय १२ जना पुगेको छ ।
अहिले नेपालमा ३८ हजार एक सय ८० जना सङ्क्रमित रहेकोमा सात सय ३७ जनाको आईसीयू र एक सय ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।