कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि एस्ट्राजेनेका खोप

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि एस्ट्राजेनेका खोप लगाइदैछ । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु हुन लागेको हो ।

प्रदेश–१ र प्रदेश–२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु हुने तथा प्रदेश–१ र २ मा केही समयभित्रै खोपको मिति तोकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिनुभयो ।