ब्राजिले जित्यो लगातार दोस्रो पटक ओलम्पिक फुटबल

ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो पटक स्वर्ण पदक जितेको हो ।

जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत ब्राजिललाई जित दिलाउन म्याथुएस कुन्हा र माल्कोमले गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।
ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो ।

यसअघि ब्राजिलले सन् २०१६ मा घरेलु भूमिमा भएको रियो ओलम्पिकमा स्वर्ण जितेको थियो ।