भदौ २३ पछि केन्द्रीय कार्यसमितिको वैधानिकता सकिन्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता सकिने दाबी गरेका छन् । उनले संवैधानिक रुपमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएकाले भदौ २३ पछि पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यसमितिको वैधानिकता नरहने बताएका हुन् ।

बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीवारीमा पौडेल समूहका शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलपछि पत्रकारहरुसँग नेता पौडेलले पार्टी वैधानिकता जोगाउन विशेष महाविधेशनको प्रस्ताव गरिएको बताए ।