सरकारले ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने

सरकारले ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले साउन २३ देखि २९ गतेसम्म मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि यो अभियान सञ्चालन गरिने बताए ।

‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु,’ म जिम्मेवार नेपाली भन्ने नाराका साथ सरकारले अभियान सञ्चालन गर्न लागेको उनले बताए ।
महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने कुरालाई बुझिदिन उनले आग्रह गरे ।