बेलबारीमा आजदेखी लकडाउन

बेलबारी । मोरङ जिल्लाको बेलबारी नगरपालिकामा आजबाट लकडाउन सुरु भएको छ । १९ गते राती १२ बजे देखी सुरु भएको लकडाउन २५ गते सम्म हुने भएको छ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको बैठले कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि एक हप्ता सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पुर्ण उद्योग पसल करकारखाना, निजि तथा सरकारी कार्यालयहरु, र बैक बितिय सस्थाहरु बन्द गर्ने समितिको निर्णय छ । लकडाउनको पालना गर्न गराउन समेत नगरपालिकाले नगरवासिमा आग्रह गरेको छ ।

अत्याआवश्यक काम बाहेक अन्य काममा घर भन्दा बाहिर ननिस्कन समेत नगरपालिकाले नगरवासिमा आग्रह गरेको छ ।