ब्राउन सुगर सहित पथरीका एक पक्राउ

मोरङ बिराटनगर महानगरपालिका २ दुर्गा चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–६ का २३ बर्षीय निरज गोडी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।