प्रदेश १ मा १ हजार १०४ कोरोना संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७५३ जनाको पीसीआर परीक्षणगर्दा ६५२ र १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७, मोरङमा १२३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, ते¥हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा आज ३८२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७६ महिला र २०६ पुरुष छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । २ महिला र ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।