प्रदेश सरकारको आयोजनामा यसरी भयो काठमाडौंमा हेरिटेज साइकल र्याली

काठमाडौंः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार तथा प्रबद्र्धनका क्रममा उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ को आयोजनामा काठमाडौंमा हेरिटेज साइकल र्याली सम्पन्न भएको छ ।

पर्वतीय खेलकुद महासङ्घ नेपालको संयोजनमा हिजो शनिबार काठमाडौंमा अल्टिमेट हेरिटेज साइकल र्याली सम्पन्न भएको हो ।

र्यालीको शुभारम्भ उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपालले साइकलमा चढेर गरेका थिए । वसन्तपुर दरबार क्षेत्रबाट शुरु सो र्याली ठमेल, स्वयम्भु, पाटन दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र हँुदै नेपाल पर्यटन बोेर्ड परिसर भृकुटीमण्डपमा पुगी सम्पन्न भएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिनाले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए । सो साइकल र्यालीमा प्रदेश सरकारका महत्वपूर्ण व्यक्तित्व, पर्यटन व्यवसायी, साहसिक खेल क्षेत्र र वातावरण क्षेत्रका व्यक्तिलगायत ५ सय जना सहभागी थिए ।