शनिबार र आइतबार ठूलो पानी नपर्ने

शनिबार र आइतबार ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।
पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङ्गसहित देशका केही ठाउँमा सामान्य पानी भने पर्न सक्छ । तर ठूलो वा लगातार झरी पर्ने सम्भावना भने छैन ।
आउने सोमवार बेलुकादेखि भने मनसुन थप सक्रिय हुँदै जाने उहाँले बताउनुभयो ।