इदमा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति विश्व हिन्दु महासंघको आपत्ति

पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति विश्व हिन्दु महासंघले आपत्ति जनाएको छ ।
महासंघकी महासचिव अस्मीता भण्डारीले विज्ञप्ति जारी गर्दै हिन्दुधर्ममा आस्था राख्ने ओमकार परिवारको विश्वासमाथि प्रहार गरेको भन्दै आपत्ति जनाएकी हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘ जनता समाजवादी पार्टीका संघीय अध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दु धर्मावलम्बी ॐकार परिवारको आस्था र विश्वासप्रति प्रहार गर्दै सामाजिक सञ्जाल ट्विटर मार्पत गरेको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
महासंघले इस्लाम धर्मावलम्बीको पर्व इदको दिन हिन्दु धर्ममाथि गरिएको प्रहारले देशकै धार्मिक सहिष्णुतामा खलल पु¥याएको र सामाजिक सद्भाव भड्काउने उद्देश्यले प्रेरित भएको दाबी गरेको छ ।
धार्मिक आस्था र विश्वासमाथि प्रहार गर्ने डा. भट्टराईलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न सरकारसँग महासंघले माग गरेको छ ।
साउन ६ गते डा. भट्टराईले भारत उत्तर प्रदेशका मुखयमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूधधारा अर्पण गर्दै गरेको तस्वीरलाई माध्यम बनाएर विवादित अभिव्यक्ति दिएका थिए ।