संखुवासभाको मादीमा गाई काटेको अभियोगमा चारजना पक्राउ

संखुवासभा जिल्लाको मादीमा गाई काटेको अभियोगमा चारजना पक्राउ परेका छन । मादी नगरपालिका–९ फाबिङ बस्ने ३२ वर्षीय सुदिप लिम्बु सहित ३ जनालाई गाई काटेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित दमाई खोल्सामा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरीले गाईको मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।