नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनु भएको छ । रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिनु भएको हो ।
संसद बैठक बस्नुअघि उहाँले राजीनामा फिर्ता लिनु भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो । तर, सभामुख सापकोटाले स्वीकृत भने गर्नु भएको थिएन ।
रावललाई राजीनामा फिर्ता लिन पार्टीका नेताहरुले नै आग्रह गर्दै आएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद बढ्दै गएपछि विवाद समाधानका लागि गठन भएको कार्यदलमा उहाँ नेपाल पक्षबाट संयोजक हुनुहुन्थ्यो ।