आज विपि स्मृति दिवस, बेलबारीमा रक्तदान हुदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।
बिपी स्मृति दिवसका अवसरमा काँग्रेस, भातृ संस्था र बिपी संग्राहालयले मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेका छन । मोरङको बेलबारीमा बृहत रक्तदान कार्यक्रमको आयोजना हुदैछ । नेपाल तरुण दल वडा कार्यसमिति बेलबारी वडा नं १ ले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । पाटी कार्यलय अगाडी पेन्टागनको प्राङ्गणमा बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने तरुण दल वडा कार्य समितिले जनाएको छ ।
वि.स. १९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।
वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।
२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याएका कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ–मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् ।
एनका साहित्यिक कृतिहरू विशेषतः यौन मनोविज्ञानमा आधारित छन् ।
विपी कोइरालाको तस्विर अङ्कित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो ।