गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनमा आइतबार दिउँसो न्यूरो टिप्न गएका सोही ठाउँका ७५ बर्षिय रोहिका कुमाललाई गैंडाले आक्रमण गरेको हो ।
गैंडाको आक्रमणबाट गम्भीर घाईते भएका कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।